ad ad

राजनीति


प्रचण्डसँग श्रममन्त्री चौधरीको गुनासो: पार्टी विभाजनका बेला कता लाग्ने भनेर एक शब्द सोध्नुभएन

प्रचण्डसँग श्रममन्त्री चौधरीको गुनासो: पार्टी विभाजनका बेला कता लाग्ने भनेर एक शब्द सोध्नुभएन

नेपालखबर
पुस १५, २०७७ बुधबार ९:११,

श्रममन्त्री गौरीशंकर चौधरीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनका बेला कता लाग्ने भन्ने विषयमा कुनै सोधपुछ समेत नगरेको गुनासो गरेका छन्।

काठमाडौं उपत्यकामा रहेका सुदूरपश्चिम प्रदेशका अगुवा कार्यकर्ता भेलामा बोल्दै मन्त्री चौधरीले हरेक मोर्चा र आन्दोलनमा साथ दिएपनि अहिले पार्टी विभाजनको बेला कतातिर लाग्ने भनेर प्रचण्डले आफूलाई एक शब्द पनि नसोधेको गुनासो गरेका हुन्।

प्रचण्डले कुनै वास्तै नगरेपछी आफुले सुदूरपश्चिम प्रदेशका नेताहरू लेखराज भट्ट, कर्ण थापासंग जोडिएको उनले बताए।

‘प्रचण्डले हामीलाई किन (ओलीपक्षमा) जानुभयो भनेर पनि सोध्नु भएन,’ पूर्वमाओवादी नेता चौधरीले सो भेलामा भने, ‘त्यसैले लेखराज भट्ट, कर्ण थापासंग जोडिएर केपी ओलीतिर खुलेको हुँ।’

२०६७ सालमा माधवकुमार नेपाल सरकार ढाल्न छ दिने आन्दोलनमा खट्दाकाे स्मरण गर्दै चौधरीले भने त्यो आन्दोलनमा नारा लगाउन प्रचण्डले कहिल्यै ननिस्किएको बताए।

चौधरी गृहमन्त्री रामबहादुर थापा निकट नेता हुन्।

‘नेकपामा अब केपी ओलीलाई एक मात्र अध्यक्ष बनाउनुपर्छ भनेर हामी सुदूरपश्चिमका साथीहरु एकैठाउ उभियौं। अब चुनावमा जाने र दुईतिहाइ मत ल्याउने अनि देशलाइ एकताबद्ध बनाउने हाे,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .