ad ad

कारोबार


विद्युत ग्रीड आधुनिकिकरणका लागि एडीबीको १५ कराेड ६० लाख डलर सहयोग

विद्युत ग्रीड आधुनिकिकरणका लागि एडीबीको १५ कराेड ६० लाख डलर सहयोग

नेपालखबर
पुस १५, २०७७ बुधबार ९:२१,

एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच विद्युत ग्रीड आधुनिकिकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंक नेपालका कार्यालय प्रतिनिधि रुदी लुइस हेन्ड्रिकस भान्देलले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार एसियाली विकास बैंकले १५ कराेड ६० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने छ। अर्थ मन्त्रालयका सहसचिव नेपालले एडिबीबाट प्राप्त ऋण सहायतामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले थप लगानी गरी १९ कराेड ५० लाख अमेरिकी डलरको परियोजना कार्यान्वयनमा ल्याइने बताए।

यो आयोजनाले विद्युत वितरण सम्बन्धी तीन वटा मुख्य कृयाकलापलाई जोड दिएको छ। विद्युत सबस्टेसनलाई स्वचालित बनाउने, विद्युत वितरणलाई विश्वसनीय र गुणस्तरीय बनाउने काम आयोजनाले गर्ने सहसचिव नेपालले बताए।

आयोजनाले नेपाल विद्युत प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धि गर्नलाई सहयोग गर्ने विश्वास गरिएको छ। आयोजना ५ वर्षमा सम्पन्न हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .