ad ad

राजनीति


राजविराजमा राजावादीको प्रदर्शन बिथोल्दै ब्यानर जलाइयो

राजविराजमा राजावादीको प्रदर्शन बिथोल्दै ब्यानर जलाइयो

शैलेन्द्र महतो
पुस १४, २०७७ मंगलबार ९:५९,

राजतन्त्रसहित हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै सप्तरीको सदरमुकाम राजविराजमा गरिएको प्रदर्शन बिथोलिएको छ।

नेकपा प्रचण्ड–नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)आवद्ध विद्यार्थीहरुले राजवादीहरुको कार्यक्रम बिथोल्दै र्यालीका लागि तयार गरिएको ब्यानरसमेत जलाएका हुन्।

No description available.

वर्षौंको संघर्षपश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न भइरहेको षड्यन्त्रको विरोध गर्दै राजावादीको र्याली बिथोलेको जनता समाजवादी पार्टीआवद्ध विद्यार्थी नेता शम्भु यादवले बताए।

उनले राजावादीको यो कदम स्वीकार्य नहुने बताउँदै अब उपरान्त यसखालका गतिविघि गर्न खोजे सशक्त रुपमा प्रतवाद गर्ने चेतावनी दिए।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .