ad ad

राजनीति


ओली सच्चिन तयार भए हामी छलफलका लागि तयार छौँ : माधव नेपाल

ओली सच्चिन तयार भए हामी छलफलका लागि तयार छौँ : माधव नेपाल

नेपालखबर
पुस १४, २०७७ मंगलबार ९:३४,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई सुधार गर्न नसकिने बताएका छन्।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले काठमाडौँको भृकुटीमण्डपमा गरेको विरोधसभालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले गल्ती स्वीकार गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री ओली सच्चिन्छन् कि भनेर आफूहरुले पार्टी सदस्यबाट नहटाएको बताए।

उनले केही नेताहरु अझै पनि प्रधानमन्त्री ओलीलाई सुधार गर्न सकिन्छ कि भनेर लागिरहेको उनले बताए।

उनले गल्ती स्वीकार गरेर सच्चिन तयार भए आफूहरु छलफलका लागि तयार रहेको उनले बताए।

‘हामीले उहाँलाई पार्टी सदस्यबाट हटाएका छैनौं सुध्रनु हुन्छ कि भनेर पार्टी केन्द्रिय समितिबाट हटाएका छैनौं, बालुवाटार बांगो पुच्छरलाई सोझो बनाउन सकिन्छ कि? उहाँले पश्चाताप गर्नुहुन्छ? गल्ती भयो भन्दै प्रतिनिधिसभा पुनःस्थापना गर्नुहुन्छ भने हामी सबै कुरा बिर्सेर फेरि छलफल गर्न तयार छौं’, अध्यक्ष नेपालले भने।

अध्यक्ष नेपालले सूर्य चिन्ह गुटको नभइ पार्टीको हुने दावी गरे। उनले बालुवाटारमा बसेको बैठक गुटको भएको बताउँदै पार्टीको आधिकारिक बैठक बबरमहलमा बसेको बताए।

‘निर्वाचन आयोगमा गएर भन्यौँ, हामी ज्यूँदै छौं। सूर्य चिन्ह कुनै गुटको हुन सक्तैन, नेकपाको हुनेछ, बहुमतको हुनेछ’, अध्यक्ष नेपालले भने, ‘कोही भ्रममा नरहोस्, नेकपाको नाम र सूर्य चिन्हमा भ्रममा रहनु आवश्यक छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .