ad ad

राजनीति


ताजा जनादेशमा जानु उपयुक्त विकल्प : कमल थापा

ताजा जनादेशमा जानु उपयुक्त विकल्प : कमल थापा

नेपालखबर
पुस १२, २०७७ आइतबार १४:७,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट अनि ब्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यको लागि ताजा जनादेशमा जानू उपयुक्त विकल्प र अवसर भएको बताएका छन्।

आज पर्साको बिरगञ्जमा आयोजित बिरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको बिषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने भन्दै सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भागबन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको बताए।

उनले प्रचण्ड र ओलीको झगडा जनता र देश हितको लागि नभई भागबन्डा र स्वार्थमा केन्द्रित भएको बताए। नेकपा भित्रको अन्तरबिरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो। व्यक्ति परिवर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिवर्तन गर्नुपर्नेमा जोड दिए।

आफू राप्रपालाई सहयोग गर्नुस् भन्न आएको भन्दै थापाले भने ‘हामी आफै देश बनाउन सक्छौँ, राप्रपालाई विश्वास गर्नुस्, हिन्दुराष्ट्र दिन्छौँ, राजसंस्था दिन्छौँ। विकास र समृद्धि दिन्छौँ।’

थापाले निरंकुश राजतन्त्र खोजेको नभई राजादेखी विप्लव, काङ्ग्रेस कम्युनिस्ट, मधेशवादी सबै अट्ने व्यवस्था राप्रपाको चाहना भएको विचार व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .