ad ad

राजनीति


सभामुखले कीर्ते काम गरे : ओली

सभामुखले कीर्ते काम गरे : ओली

नेपालखबर
पुस ९, २०७७ बिहिबार १०:५६,

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटामाथि खनिएका छन्।

बिहीबार आफ्नो समूहको बालुवाटारमा भएको केन्द्रीय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई कीर्ते काम गरेको आरोप लगाएका हुन्।

संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव कुन बेला दर्ता भएको हो भन्ने बारेमा विवाद भइरहेको छ। संसद सचिवालयले सुरुमा अविश्वासको प्रस्ताव विहान १०ः५० मा दर्ता भएको उल्लेख गरेको थियो भने पछि ३ः३० बनाएको थियो।

सोही विषयतिर संकेत गर्दै ओलीले भने, ‘सभामुख किर्ते हु्न्, ३ः३० बजे आएको अविश्वासको प्रस्तावलाई १०ः३० बनाएर कीर्ते काम गरे।’

सभामुखप्रति निकै आक्राशित भएका ओलीले सापकोटामा कानुनको कुनै ज्ञान नै नभएको आरोप लगाए।

‘कानुनको ज्ञान र अत्तोपत्ता नभएको मान्छेलाई सभामुख बनाएपछि यस्तै हुन्छ’, उनले भने, ‘उहाँले हिँड्दा हिँड्दै घुँडामा राखेर धस्काउने जस्तो काम गरिरहनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .