गृहमन्त्री समेत रहेका नेकपा नेता रामबहादुर थापा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको पक्षमा लागेका छन्।
आज बिहीबार अपरान्ह बालुवाटारमा सुरु भएको ओली पक्षको केन्द्रीय समिति बैठकमा उनी सहभागी भएका छन्।
तर, उनीनिकट नेताहरु भने सबै प्रचण्ड–नेपालको पक्षमा आएका छन्।
स्थायी समिति सदस्यहरु पम्फा भुसाल, देव गुरुङसहित उनको समुहमा रहेका लगभग सबै नेताहरु प्रचण्ड–नेपाल पक्षमा आउँदा पनि उनी भने ओलीको समूहमा सहभागी भएका छन्।
सो समूहका सबै नेतालाई छाडेर उनी ओलीको पक्षमा गएपछि गृहमन्त्रीको सल्लाहकारका रुपमा उनीसँग रहेका सूर्य सुवेदी पथिकले समेत आज बिहीबारकै दिनबाट थापासँग आफू नरहेको सार्वजनिकरुपमै जानकारी दिएका छन्।
उनी पनि प्रचण्ड–नेपाल पक्षको बैठक सहभागी भएका छन्।
थापालाई उनको समूहका नेताहरुले व्यक्तिगत र सामूहिक रुपमा समेत भेटेर प्रचण्डसँगै रहन निरन्तर आग्रह गरेका थिए।
तर, अहिलेसम्म कतै नखुलेका थापा अन्ततः बिहीबारको ओलीपक्षीय केन्द्रीय समिति बैठकमा सहभागी भएका छन्।
यो पनि :
- बालुवाटारमा डेढ घण्टादेखि ओली–थापा छलफलमा, कुरा मिले आजैको बैठकमा सहभागी हुने
- वरिष्ठ उपाध्यक्ष नपाएपछि थापा आफ्नो टिम प्रचण्ड–नेपालसँगै छाडेर ओलीतिर
प्रतिक्रिया