ad ad

राजनीति


ओली कदमको संयुक्त प्रतिवाद गर्ने तीन दलको निर्णय

ओली कदमको संयुक्त प्रतिवाद गर्ने तीन दलको निर्णय

नेपालखबर
पुस ६, २०७७ सोमबार १२:४०,

तीन दलले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध संयुक्त संघर्ष गर्ने भएका छन्।

नेपाली कांग्रेसको आह्वानमा सोमबार पार्टी कार्यालय सानेपामा कांग्रेस, नेकपा र जनता समाजवादी पार्टीका नेताहरुबीचको बैठकले सो निष्कर्ष निकालेको हो।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरेको छ।

संसद् विघटनविरुद्ध तीनवटै दलले मंगलबार बोलाएको केन्द्रीय समिति बैठकमा थप छलफल गरेर सहकार्य गर्ने सहमति गरेका छन्।

बैठकमा कांग्रेसका सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल थिए।

यस्तै जसपाबाट केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारीलगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .