चीनस्थित नेपाली दुतावासमा नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६४ औँ वार्षिकोत्सवको अवसरमा फोटो तथा चित्रकाल प्रदर्शनी आयोजना गरेको छ।
नेपाल तथा चीनका फोटोग्राफर तथा चित्रकारहरुको दर्जनाँै फोटो तथा चित्रकला प्रदर्शनीमा राखिएका छन्। दूतवाासले जारी गरेको विज्ञप्तिमा नेपाली कला तथा हस्तकलाका बस्तुहरु समेत प्रदर्शनीमा राखिएको उल्लेख छ।
प्रदर्शनीको आयोजना चीन अन्तर्राष्ट्रिय संस्कृति आदानप्रदान फाउन्डेसन, सिचुवान विदेश ममिला कार्यालय, लुक्सहिल्स आर्ट म्युजियम र सिनो कला संस्कृति विकास कमिटीले आयोजना गरेको हो।
कार्यक्रम अतिथिहरुलाई स्वागत गर्दै चीनकालागि नेपाली राजदूत लिलामणि पौडेलले नेपाल र चीनबीच विश्वास, मित्रता तथा सहकार्यको विशेष तथा उदाहरणीय सम्बन्ध रहेको बताए।
प्रदर्शनीमा चीन अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान फाउन्डेसनका अध्यक्ष झओ झोङयीले नेपाल र चीनबीच सम्बन्ध आगामी दिनमा अझै मजबुत हुँदै जाने बताए। प्रदर्शनी एक सातासम्म चल्ने छ।
प्रतिक्रिया