सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समितिको रिक्त स्थानमा कृष्णबहादुर महरालाई लैजाने निर्णय गरेको छ।
आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी समितिको बैठकले पूर्व सभामुखसमेत रहेका महरालाई स्थायी समितिमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
महरा नेकपाका पूर्व स्थायी समिति सदस्य हुन्। सभामुखमा निर्वाचन भएपछि उनको स्थान रिक्त राखिएको थियो।
3
Shares
प्रतिक्रिया