ad ad

राजनीति


नेकपाले ओलीलाई अनुशासनको कारबाही गर्ने, ७ गते केन्द्रीय समिति बैठक

नेकपाले ओलीलाई अनुशासनको कारबाही गर्ने, ७ गते केन्द्रीय समिति बैठक

नेपालखबर
पुस ५, २०७७ आइतबार १२:१,

नेकपा स्थायी समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासन कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लाने निर्णय गरेको छ।

 आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाहीको प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए।

प्रधानमन्त्री ओलीले हठात रुपमा संसद भंग गरेको, प्रतिनिधिसभामाथि निर्मम प्रहार गरेको, देश जनता र पार्टीलाई अन्धकारमा धकेल्ने र संविधानलाई असफल पार्ने कोसिस गरेको भन्दै सो कारबाही गर्ने प्रस्ताव गरेको प्रवक्ता श्रेष्ठले बताए।

स्थायी समिति बैठकले पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक पुस ७ गते मंगलबारका लागि बोलाएको छ।

 बैठकले प्रतिनिधि सभा भंग गर्ने विषयमा कानुनी उपचार खोज्ने, सोमबार सांसदहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .