ad ad

राजनीति


ओलीको सनकका भरमा विघटन गरिएको संसदलाई सडकबाटै पुनःस्थापित गर्छौँ : गगन थापा

ओलीको सनकका भरमा विघटन गरिएको संसदलाई सडकबाटै पुनःस्थापित गर्छौँ : गगन थापा

नेपालखबर
पुस ५, २०७७ आइतबार ११:५७,

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले संवैधानिक निकायमा नियुक्त गरिएका व्यक्तिहरुलाई कुनै हालतमा काम गर्न नदिने बताएका छन्।

सरकारको संसद भंग गर्ने निर्णयविरुद्ध काठमाडौंमा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले संवैधानिक परिषद्का नाममा केपी ओलीले गरेको निर्णय कुनै पनि हालतमा लागू गर्न नदिने बताए।

‘सिफारिस पाउने साथीहरुले बुझिराख्नुस् तपाईँको सिफारिस अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा होइन, केपी ओली आयोगमा लागू होला हामी मान्दैनौं’, थापाले चेतावनी दिँदै भने, ‘यो संविधानले बनाएको आयोगले गरेको सिफारिस कसैले जाल गरेर झेल गरेर, षडयन्त्र गरेर अँध्यारो कोठाबाट, (पञ्चायतको शासन पनि यसरी चल्दैन) यसलाई लागू गर्न दिँदैनौं।’

उनले संसद विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसलाई साथ दिने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सडक आन्दोलन गर्ने बताए।

प्रधानमन्त्री ओलीले कुनै हालतमा संसद विघटन गर्न नपाउने भन्दै सांसद थापाले संविधानमै संसद विघटन गर्न नपाइने स्मरण गराए।

‘हामीले संविधानमा एउटा मात्रै कुरा लेख्न गल्ती गरेछौं, मानिस सनक्क सन्केर, सन्तुलन गुमाएर, आफ्नो जिम्मेवारीबाट च्यूत भयो भने उसलाई जिम्मेवारीबाट हटाइनेछ भनेर लेखेको भए अहिले यो अवस्था आउने थिएन,’ थापाले भने।

उनले सडकबाटै संसद पुनःस्थापना गराइछाड्ने दावीसमेत गरे। ‘प्रधानमन्त्री ओलीको सनकको भरमा भंग गरिएको संसदलाई पुनःस्थापित गराउन फेरि सडकमा आएका छौं, तपाईहरु सबैको साथ रहन्छ भन्ने विश्वास लिएका छौँ’ नेता थापाले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .