ad ad

राजनीति


प्रधानमन्त्रीद्वारा बदलिँदो परिस्थितिबारे सुरक्षा प्रमुखलाई निर्देशन

प्रधानमन्त्रीद्वारा बदलिँदो परिस्थितिबारे सुरक्षा प्रमुखलाई निर्देशन

नेपालखबर
पुस ५, २०७७ आइतबार ११:५२,

प्रतिनिधि सभा विघटन भएपछिको बदलिँदो अवस्थामा उत्पन्न हुनसक्ने परिस्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा प्रमुख तथा मन्त्रीहरुसँग छलफल गरेका छन्।

‘प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

सो छलफलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री बिष्णु पौडेल पनि उपस्थित थिए।

प्रधानमन्त्री ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखी प्रतिनिधि सभा विघटन गर्ने सिफारिश गरेका थिए भने राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अनुमोदन गरेकी थिइन्।

त्यसलगत्तै सत्तारुढ दल नेकपा भित्रकै एउटा पक्ष र अरु सबै प्रतिपक्षी दलहरुले सो कदमविरुद्ध आन्दोलन घोषणा गरिसकेका छन्।

PM security chiefs meet 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .