ad ad

राजनीति


ओलीले प्रचण्डलाई भने- प्रतिवेदनमाथि छलफल गर्ने भए बैठकमा आउँदिन

ओलीले प्रचण्डलाई भने- प्रतिवेदनमाथि छलफल गर्ने भए बैठकमा आउँदिन

नेपालखबर
पुस १, २०७७ बुधबार ८:१२,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठकमा छलफल हुने एजेन्डाप्रति असहमति जनाउँदै बैठकमा उपस्थित नहुने बताएका छन्।

ओलीले यसअघि दुई अध्यक्षले पार्टी सचिवालयमा पेस गरेका प्रतिवेदनहरुमाथि छलफल हुन नसक्ने बताएपछि बैठक सुरु हुन नसकेको बैठकस्थलमा उपस्थित एक स्थायी समिति सदस्यले भने।

अहिले बालुवाटारमा सुरु हुन लागेको बैठकअघि अध्यक्ष ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णुप्रसाद पौडेलबीच छलफल भएको थियो।

‘सो छलफलका क्रममा अध्यक्ष ओलीले प्रचण्डसँग आजका एजेन्डाबारे सोध्नुभएको रहेछ, प्रचण्डले प्रतिवेदनमाथि छलफल गर्ने एजेन्डा भनेपछि ओलीले त्यसो भए म सहमत छैन भन्नुभएछ, बैठक अहिलेसम्म सुरु भएको छैन, हामी पर्खिरहेका छौं,’ ती सदस्यले भने।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि सवा दुई बजेसम्म पनि प्रधानमन्त्री ओली नआएपछि अहिले सदस्यहरु बाहिर निस्केर घाम तापिरहेको ती सदस्यले जानकारी दिए।

‘प्रधानमन्त्री नआएका कारण बैठक सुरु नभएका भएन, त्यसैले हामी बाहिर निस्केर घाम तापिरहेका छौँ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .