ad ad

राजनीति


नेकपा विवाद : स्थायी समिति बैठकअघि बालुवाटारमा महासचिवसहित ओली–प्रचण्ड छलफल

नेकपा विवाद : स्थायी समिति बैठकअघि बालुवाटारमा महासचिवसहित ओली–प्रचण्ड छलफल

नेपालखबर
पुस १, २०७७ बुधबार ७:२२,

सत्तारुढ नेकपाको स्थायी समिति बैठक बस्नुअघि पार्टीका दुई अध्यक्ष र महासचिवबीच छलफल भएको छ।

आज बुधबार १ बजेका लागि बोलाइएको स्थायी समिति बैठक बस्नुअघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णु पौडेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा आपसी छलफल भएको हो।

स्थायी समिति बैठक पनि बालुवाटारमै बस्ने तय भएको छ।

पार्टीको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि उनी थप अप्ठ्यारोमा परेका छन्।

हिजो मंगलबारदेखि नै ओलीनिकट नेताहरुले बिभिन्न प्रस्ताव लिएर प्रचण्ड निवास पुगेका थिए।

आज बुधबार बिहान पनि ओलीले प्रचण्डलाई टेलिफोन गरी आफूहरु दुई जना मिलेर जानुपर्ने अवस्था आएको बताएका थिए।

यो पनि : 
प्रचण्डलाई ओलीको फोन : तपाईं र म मिलेर जाऔँ, बैठकअघि छलफल गरौँ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .