ad ad

राजनीति


सभामुख सापकोटाद्वारा संसद पुस्तकालयको निरीक्षण

सभामुख सापकोटाद्वारा संसद पुस्तकालयको निरीक्षण

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १६:८,

सभामुख अग्निप्रसाद सापकोटाले सामुहिक छलफलबाट पुस्तकालयको प्रभावकारी व्यवस्थापन गर्न सकिनेमा जोड दिएका छन्।

आज संघीय संसद सचिवालयमा रहेको पुस्तकालयको निरीक्षणका क्रममा सभामुख सापकोटाले सानो ठाउँमा पनि कसरी प्रभावकारी व्यवस्थापन गर्न सकिन्छ भनेर सामुहिक छलफल गर्न सुझाव दिए। उनले आफ्नो र संसद सचिवालयको तहबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे।

सो अवसरमा सभामुख सापकोटाले पुस्तक पुज्नुपर्छ भनेर सिकाइएको संस्कारभित्र गहन अर्थ रहेको बताए।

उनले भने, ‘सँस्कार कस्तो बसाल्ने भन्ने महत्वपूर्ण हुन्छ, पुस्तकलाई पुज्नुपर्छ भनेर सिकाइएको अर्थ धेरै गहन छ।’

सभामुख सापकोटाले नयाँ नयाँ प्रविधिको विकास भएपनि पुस्तकालयमा बसेर पढ्नुको मज्जा बेग्लै रहेको चर्चा गर्दै समयानुकूल परिवर्तन गर्दै ‘इ–लाइब्रेरी’का लागि गरिएको तयारीप्रति खुसी व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .