ad ad

राजनीति


सर्वदलीय बैठकमा राप्रपाको प्रस्ताव : हिन्दू राष्ट्र र राजतन्त्रबारे छलफल गरौँ

सर्वदलीय बैठकमा राप्रपाको प्रस्ताव : हिन्दू राष्ट्र र राजतन्त्रबारे छलफल गरौँ

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ८:५४,

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र र राजतन्त्रका बारेमा छलफल गर्नुपर्ने प्रस्ताव गरेको छ।

मंगलबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा राप्रपाले हिन्दू राष्ट्र र राजतन्त्रका बारेमा बैठकमा छलफल गर्नुपर्ने प्रस्ताव गरेको हो।

बैठकमा राप्रपाका नेताहरुले राजवादीहरुको आन्दोलनलाई आफूहरुको समर्थन रहेको बताउँदै यसबारे छलफल गर्न आग्रह गरेका थिए।

बैठकपछि पत्रकारसँग कुरा गर्दै राप्रपा नेता दीपक बोहराले आफूहरुको प्रस्तावको कुनै जवाफ नआएको बताए।

‘हामीले राजतन्त्रसहितको लोकतन्त्र र हिन्दू राष्ट्रका विषयमा सर्वदलीय बैठकमा छलफल गर्न प्रस्ताव गर्‍यौं’ बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता बोहराले भने, ‘यसमा कुनै जवाफ पाएनौं।’

पछिल्लो समय राजवादीहरुले देशभर प्रदर्शन गरेपछि मंगलबार प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .