नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी काठमाडौं जिल्ला इञ्चार्ज धीरेन्द्रा उपाध्याय पक्राउ परेकी छन्।
प्रहरी स्रोतका अनुसार मंगलबार अपरान्ह उनी बूढानिलकण्ठबाट पक्राउ परेकी हुन्। महानगरीय प्रहरी परिसर, महानगरीय प्रहरी अपराध महाशाखा र विशेष ब्युरोको टोलीले उपाध्यायलाई पक्राउ गरेको हो।
यद्यपी प्रहरीले आधिकारिक रूपमा उपाध्याय पक्राउ परेको जानकारी भने दिएको छैन।
अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ पूर्वसभासद् पनि हुन्।
यसैगरी नेकपा निकट युवा सङ्गठनका पूर्वअध्यक्ष बाबुराम राईलाई पनि प्रहरीले गिरफ्तार गरेको स्राेतले जनाएकाे छ।
प्रतिबन्ध लगाएयता प्रहरीले ६ सय बढी विप्लव कार्यकर्तालाई पक्राउ गरिसकेको जनाएको छ। केही दिन अघि मात्रै उपत्यका ब्यूरो इन्चार्ज माइला लामा पक्राउ परेका थिए।
प्रतिक्रिया