नेपाली कांग्रेस मोरङका महासमिति सदस्य एवं क्षेत्रीय सभापति ईश्वरी कोइरालाको निधन भएको छ।
कोइरालको शुक्रबार बिहान १०ः२४ बजे विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको कांग्रेसले जनाएको छ।
कोइराला मोरङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत रहेका थिए।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोइरालकाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
‘पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय कोइरालाले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ’, कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जानरी विज्ञप्तिमा भनिएको छ।
प्रतिक्रिया