हालै अमेरिकी नौसेनाको जहाज जापान सागरको आफ्नो क्षेत्रमा अवैधानिक रुपमा प्रवेश गरेको रुसको आरोप छ।
आफ्नो युद्धपोतले त्यसपछि अमेरिकी नौसेनाको जहाजलाई पछ्याएको रुसको भनााइ छ।
रुसका अनुसार हालै अमेरिकाको विध्वंसक जहाज ‘यूएसएस जोन एस मैकेन’ जहाज रुसी जल क्षेत्रमा प्रवेश गरेको थियो।
अमेरिकी जहाज आफ्नो समुद्री सीमा पिटर द ग्रेट गल्फको दुई किलोमिटर भित्रसम्म पुगेको रुसको आरोप छ।
रुसले उक्त जहालाई ध्वस्त बनाउने चेतावनी दिएपछि नै उक्त जहाज सो जलक्षेत्र छाडेर भागेको बताइएको छ।
अमेरिकी नौसेनाले भने जापान सागरमा आफूले कुनै गल्ती नगरेको बताएको छ। साथै आफ्ना जहाजालाई रुसी चेतावनी नआएको पनि अमेरिकी नौसेनाको भनाइ छ।
जापान सागरलाई इस्ट सी र पूर्वी सागरको रुपमा चिनिन्छ। रुसका अनुसार जापान सागरको आफ्नो जल क्षेत्रमा मंगलबार अमेरिकी जहाज प्रवेश गरेको थियो। बीबीसी
प्रतिक्रिया