ad ad

राजनीति


किम जोङ उनका भतिजा बेपत्ता, किमप्रति नै शंका

किम जोङ उनका भतिजा बेपत्ता, किमप्रति नै शंका

नेपालखबर
मंसिर ८, २०७७ सोमबार २२:५१,

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनका भतिजा किम हान सोल अचानक बेपत्ता भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनी किम जोङ उनका सौतनी भाइ किम जोङ नामका छोरा हुन्।

हान एक्कासि बेपत्ता भएपछि अनेक आशंका गरिएको छ। किनकि उनका बुबा किम जोङ नामकाे सन् २०१७ मा क्वालालाम्पुर एयरपोर्टमा हत्या गरिएको थियो।

त्यस आरोपमा एक भियतनामी र इन्डोनेसियाली महिला पक्राउ परेका थिए भने हत्यामा किम जोङ उनकाे नाम पनि जोडिएको थियो। तर उत्तर काेरिया सरकारले आरोपको खण्डन गरेको थियो।

अहिले फेरि उन (नाम) कै छाेरा  बेपत्ता भएपछि शंका पैदा भएको हो।

अहिले बेपत्ता सोल, उनका बहिनी र आमाले सन् २०१७ मै गोप्य ढंगले उत्तर कोरिया छाडेका थिए। सोल अन्तिमपटक अमेरिकी गुप्तचर एजेन्सी (सीआईए) का एजेन्टसँग देखिएका थिए।

त्यसयता उनी गायब भएकाे  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .