प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ।
उनीहरुलाई काठमाडौंबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पदम विश्वकर्मा, नवराज खड्का, झपेन्द्र सुनार, प्रेमबहादुर चलाउने र तारा सञ्जेल रावल पक्राउ परेका हुन्।
उनीहरुलाई बौद्धबाट पक्राउ गरिएको काठमाडौंका एक प्रहरी अधिकारीले जानकारी दिए।
सरकारले विप्लव समूहलाई हिंसात्मक तथा अपराधिक समूह भन्दै उसका सबै गतिबिधिमा बन्देज लगाएको छ।
84
Shares
प्रतिक्रिया