मानवअधिकारवादी संगठन ‘न्यायका लागि मानवअधिकार’ ले विस्तृत शान्ति सम्झौता भएको १४ वर्षसम्म पीडितहरुलाई झुक्याउने र थकाउने काम मात्रै भएको बताएको छ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी संस्थाले पीडितहरुले अझैसम्म न्याय नपाउनु र पीडकहरु सत्तामा हावी भइरहनु पीडा र लज्जाको विषय भएको बताएको छ।
‘विस्तृत शान्ति सम्झौता, नेपालको संविधान, अन्तर्राष्ट्रिय मानवअधिकार तथा मानवीय कानुनले पीडितहरुले न्याय पाउने सुनिश्चितता गरेको भएपनि कार्यान्वयन गर्न नसकेको हुँदा कानुन र मान्यताहरुको धज्जी उडाउने कार्य भएकोले देशमा दण्डहीनता मौलाइरहेको छ’ संयोजक ईन्द्रप्रसाद अर्यालले विज्ञप्ति प्रकाशित गरी भनेका छन्।
‘न्यायका लागि मानवअधिकार’ ले सम्पूर्ण द्वन्द्व पीडितहरुलाई न्याय र दोषीलाई कारबाहीका लागि आवश्यक कानुन, आयोगको सुव्यवस्था गर्न माग गरेको छ।
Shares
प्रतिक्रिया