सत्तारुढ नेकपाका स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एकताले पूर्णता नपाउँदै समानान्तर दस्तावेज आउनु राम्रो संकेत नभएको बताएका छन्।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले १० दिनको समयलाई एउटै दस्तावेज बनाउने काममा सदुपयोग गर्न सचिवालयका सदस्यहरुलाई आग्रह गरेका छन्।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली निकट नेता पोखरेलले भनेका छन्, ‘पार्टी एकताको भावना विपरित आएको एकल प्रस्ताव फिर्ता गरेर साझा प्रस्ताव बनाउनु पर्नेमा सचिवालय वैठकले प्रधानमन्त्री समेत रहेका प्रथम अध्यक्षलाई वैठकमा अर्को प्रस्ताव ल्याउन समय दिएछ। पार्टी एकताले पूर्णता नपाउँदै समानान्तर दस्तावेज बाटो एकतातर्फको वाटो अवश्य होइन।’
81
Shares
प्रतिक्रिया