सत्तारूढ दल नेकपाकी नेतृ रामकुमारी झाँक्रीले पार्टीलाई विभाजन हुनबाट जोगाउन नेताहरूसँग आग्रह गरेकी छन्।
बुधबार (आज) का लागि तोकिएको नेकपा सचिवालय बैठक हुन्छ कि हुँदैन भन्ने अन्योल भइरहेका बेला नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत नेताहरूलाई खबरदारी गरेकी हुन्।
आजको बैठक षड्यन्त्रपूर्वक पर नसारियोस्। समस्याको पहिचान गरिएको छ। संवाद छलफल र विधिबाट निकास निकाल्न बैठक नै अन्तिम र वैध विकल्प हो,’ झाँक्रीले टि्वटरमा लेखेकी छन्, ‘बैठक, विधि छाडेर अँध्यारो कोठाका स्वार्थ समूहसँग गरेको लेनदेनमा खाएको धोका कम्तीमा कमरेड प्रचण्ड, कमरेड वामदेव र कमरेड माधवले नभूलून्।’
यहाँ पढ्नुहाेस्, नेतृ झाँक्रीकाे पूरा भनाइ :
3
Shares
प्रतिक्रिया