पार्टीको सचिवालय बैठक तोकिएकै समयसँग जुधाएर मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को समय एक घण्टा पर सारेका छन्।
शुक्रबार बसेको सचिवालय बैठकले अर्को बैठक आज बुधबार एक बजेका लागि तोकेको थियो।
तर आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोहि समयमा मन्त्रिपरिषद् बैठक रहेको भनी खबर गरिएको थियो।
पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल सचिवालयको बैठकमा उपस्थित हुनुपर्ने बेलामा मन्त्रिपरिषद् बैठक राखिएको हो।
‘भर्खरै क्याबिनेट बैठक एक घण्टा ढिलो हुने भनी सूचना आएको छ,’ एक मन्त्रीको सचिवालयका अधिकारीले बताए।
यो पनिः ओली रणनीति- नेकपा सचिवालय बैठक बस्नुपर्ने समयमै आज मन्त्रिपरिषद् बैठक
यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्वनिर्धारित कार्यक्रमअनुसार आज अपरान्ह १ बजे बालुवाटारमै हुने भनी प्रष्ट पारेका छन्।
हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।
— NKShresthaPrakash (@nksthaprakash) November 18, 2020दुवै बैठक एकै समयमा बालुवाटारमै हुने भनी तोकिएका कारण समेत झन् अन्यौल भएको हो।
सो बैठक सार्न भनी प्रधानमन्त्री ओली पक्षले जोड गरिरहेको र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले गरिछाड्ने भनेका कारण नेकपामा तनावपूर्ण अवस्था रहेका बेला घट्नाक्रमहरु तीब्र रुपमा विकास भइरहेका छन्।
सम्बन्धित समाचारहरु:
- सचिवालय बैठक रोक्ने र गरिछाड्ने जोडमा नेकपाका दुई पक्ष, यस्ता छन् दुवैतर्फका रणनीति
- प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रहपछि प्रचण्डले भने सबै कुराको छलफल बैठकमै गरौं
- प्रचण्डले बैठक नरोक्ने अडान लिएपछि पोखरेल र पौडेलसँग छलफलमा जुटे ओली
- बिहान वामदेव गौतमसँग भेटेका प्रधानमन्त्री ओलीको दिउँसो माधव नेपालसँग छलफल
- आफूलाई सहयोग गर्न ओलीले गरेको आग्रह वामदेवद्वारा अस्वीकार
- प्रचण्डको प्रस्ताव फिर्ता नगरी नेकपाको कुनै बैठक हुँदैनः सल्लाहकार थापा
प्रतिक्रिया