ad ad

राजनीति


अमेरिकी दूतावासद्वारा नेपाली सेनालाई १० थान र्‍याफ्ट प्रदान

अमेरिकी दूतावासद्वारा नेपाली सेनालाई १० थान र्‍याफ्ट प्रदान

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ९:६,

काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीहरुले नेपाली सेनालाई १० थान र्‍याफ्ट प्रदान गरेका छन्।

दूतावासको डिफेन्स टिमका अधिकारीहरूले उद्दार तथा खोजी कार्यमा डुंगाको रुपमा प्रयोग हुने ती र्‍याफ्टहरू हस्तान्तरण गरेका हुन्।

यसले नेपाली सेनाको विपद् प्रतिकार्य क्षमतालाई अझै बढाउन मद्दत गर्ने दूतावासले जनाएको छ।

Nepal US Raft Support 2

अमेरिका र नेपालका रक्षा र सुरक्षा निकायहरूबीच लामो समयदेखि नेपालमा मानवीय सहायता र विपद् व्यवस्थापन तयारीका लागि निरन्तर सफलतापूर्वक सहकार्य गर्दै आइरहेको र यो पछिल्लो सहयोग पनि सोहि सहकार्यको निरन्तरतास्वरूप गरिएको उसले जनाएको छ।

‘पछिल्लो सहयोगले नेपालको विपद् व्यवस्थापनमा निरन्तर सहयोग गर्ने अमेरिकी प्रतिवद्धताको राम्रो उदाहरण पेस गर्नुका साथै नेपाली सेनाले विपत्तिको समयमा गर्ने प्रतिकार्य क्षमता बढाउन पनि सहयोग गरेको छ,’ दूतावासले भनेको छ।

Nepal US Raft Support 3

याे पनि: 
- अमेरिकी राजदूतले भने– मेरो अहोभाग्य नेपाल मेरै जीवनकथाको अंश बनेको छ (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .