ad ad

राजनीति


जितनजिक पुगे बाइडेन, मतगणना रोक्ने प्रयासमा ट्रम्प

जितनजिक पुगे बाइडेन, मतगणना रोक्ने प्रयासमा ट्रम्प

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार २२:८,

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन्।

विस्कन्सिन र मिसिगन राज्यको नतिजा आफ्नो पक्षमा पारेपछि बाइडेनको अग्रता लिएका हुन्।

१६ इलेक्टोरल मत रहेको मिसिगन राज्यमा बाइडेन विजयी हुने प्रक्षेपण प्रमुख सञ्चारमाध्यमहरुले गरेका छन्।

यससँगै बाइडेनको इलेक्टोरल मत २६४ पुगेको छ भने डोनाल्ड ट्रम्पसँग २१४ मत छ। बाइडेनले झिनो अग्रता लिएको नेभाडा राज्यको नतिजा आफ्नो पक्षमा पारे भने उनको जित सुनिश्चित छ।

पेन्सलभेनिया, नर्थ क्यारोलाइना, जर्जिया र अलास्कामा ट्रम्पको अग्रता छ। तर, यी सबै स्थानको नतिजा ट्रम्पको पक्षमा आउँदा पनि उनको जितको सम्भावना कम हुँदै गएको छ।

नतिजा आफ्नो विपक्षमा आउने निश्चित हुन लागेसँगै ट्रम्प मतगणना प्रक्रिया रोक्ने प्रयासमा लागेका छन्। उनले मिसिगन राज्यको मतगणना रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन्।

कतिपय स्थानमा ट्रम्प समर्थकले मतगणना स्थलमा अवरोधको प्रयास समेत गरेका छन्।

बाइडेनले भने एकताको आह्वान गरेका छन्। डेलावेयरबाट बोल्दै उनले आफूलाई मत दिने र नदिने दुवैमा कुनै भेद नगर्ने बाचा गरे।

उनले आफूले डेमोक्रेटिक नभई अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्ने बताए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .