ad ad

राजनीति


नेकपा सचिवालय बैठक बस्दैः स्कुल विभाग प्रमुख आजै टुंगो लाग्ने महासचिव पौडेलको दाबी

नेकपा सचिवालय बैठक बस्दैः स्कुल विभाग प्रमुख आजै टुंगो लाग्ने महासचिव पौडेलको दाबी

नेपालखबर
साउन १२, २०७६ आइतबार ३:३६,

कार्य विभाजनमा देखिएका सबै विवाद आजै (आइतबार) बस्ने बैठकमा टुंगिने दाबी नेकपाका नेताहरुले गरेका छन्।

नेकपा केन्द्रीय सचिवालयको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्दैछ। आजको बैठकले पार्टीको सबै कार्य विभाजन टुंगो लाग्ने दाबी महासचिव विष्णु पौडेलले गरे।

‘दिउँसो बस्ने सचिवालय बैठकमा सबै विभागको टुंगो लाग्छ,’ पौडेलले नेपालखबरसँग भने, ‘आजैको बैठकले स्कुल विभागको पनि टुंगो लगाउँछ।’

तर, उनले स्कुल विभागको प्रमुख को बन्दैछ भन्ने चाहीँ बताउन चाहेनन्। ‘मैले भनेँ नि, सबै विवाद र विभागको टुंगो आजै लाग्छ,’ पौडेलले भने।

नेकपामा स्कुल विभागमा तिब्र विवाद छ। पटक पटक बसेका बैठकमा स्कुल विभाग प्रमुख टुगो लाग्न सकेको छैन।

स्कुल विभागमा सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी छ। पछिल्लो समय यसमा नेताहरु घनश्याम भुसाल र बेदुराम भुसालले आ आफ्नो दाबी प्रस्तुत गरेका छन्।

पार्टीका बरिष्ठ नेता झलनाथ खनालले पनि स्कुल विभाग प्रमुखमा इच्छा देखाएका छन्। सर्वसम्मत भए आफू स्कुल विभाग प्रमुख बन्न तयार रहेको उनले बताएका छन्।

पूर्व माओवादी पक्षले स्कुल विभागमा ईश्वर पोखरेललाई स्कीकारेको छैन।

अध्यक्ष प्रचण्डले आफ्नो पक्षबाट नेता श्रेष्ठलाई स्कुल विभाग प्रमुख बनाउन चाहेका छन्। तर, अर्का अध्यक्ष केपी ओली यसमा सहमत देखिएका छैनन्।

आजको बैठकले स्कुल विभाग दुई अध्यक्षले नै राख्नेगरी सहमती गर्न लागेको दाबी श्रोतले गरेको छ।

स्कुल विभागमा सचिवालय सदस्यहरूबीच सहमति नजुटेपछि दुई अध्यक्षले नै राख्ने सहमती शनिबार ओली र प्रचण्डबीच भएको श्रोतको दाबी छ।

 बालुवाटारमा शनिबार ओली र प्रचण्डबीच वार्ता भएको थियो। दाबेदारबीच सहमति नभएको अबस्थामा स्कुल विभाग अध्यक्ष मातहत राखेर बाँकी विभागमा कार्यविभाजन टुंगो लगाउने विकल्पमा दुई अध्यक्षले सहमती गरेका बताइएको छ।

३२ केन्द्रीय विभागमध्ये पूर्वएमाले समूहले १८ र माओवादीले १४ ओटा लिने सहमति भइसकेको छ।

नेकपा विदेश विभागमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति तथा अनुसन्धान विभागमा खनाल र संगठन विभागमा वामदेव गौतमको नाममा यसअघि नै सहमती जुटिसकेको छ। तर, यसमा पनि औपचारिक निर्णय हुन भने बाँकी छ।

आजको बैठकले जनवर्गीय संगठनमा इन्चार्ज र सहइन्चार्ज पनि तोक्ने नेकपाको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .