नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कास्की प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय (कास्की)का प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीका अनुसार प्रतिबन्धित उक्त पार्टीका जिल्ला सेक्रेटरी सुजन विकलाई शनिबार साँझ पोखराबाट पक्राउ गरेको हो
यसअघि सो समूहका जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेपछि विकलाई सो समूहले कास्कीको नेतृत्व गर्ने गरी केही दिनअघि मात्र खटाएको बुझिएको छ ।
विकले आफू लडाकु कमान्डर भएको बताउँदै धम्की दिँदै हिँड्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए।
विकका साथबाट केही थान मोबाइल सेटसमेत फेला परेको र उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया