ad ad

राजनीति


नेकपाको चियापान कार्यक्रम स्थगित

नेकपाको चियापान कार्यक्रम स्थगित

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ८:५६,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दसैँ, तिहार तथा छठका अवसरमा हरेक वर्ष गर्दै आएको चियापान कार्यक्रम यसपटक नगर्ने भएको छ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाले कोरोनाको महामारीका कारण यसवर्ष चियापान कार्यक्रम नगर्ने जनाएको हो।

नेकपाले देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेको छ। ‘

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बडादशैं २०७७, तिहार, नेपाल सम्वत् नव
वर्ष– ११४१, छठ लगायतका समस्त नेपालीहरूको चाडपर्वहरूका अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ’, कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले नेपालीहरुका यी चाडपर्वहरूका अवसरमा विगत वर्षहरुमा आयोजना गर्दै आइरहेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोभिड–१९ को महामारीका कारण यस वर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।’

यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि यसअघि नै चियापान कार्यक्रम नगर्ने बताइसकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .