ad ad

राजनीति


कानुन व्यबसायी संघको अध्यक्षमा अधिवक्ता पदम रोका

कानुन व्यबसायी संघको अध्यक्षमा अधिवक्ता पदम रोका

नेपालखबर
साउन ११, २०७६ शनिबार १३:५८,

अखिल नेपाल कानुन व्यबसायी संघको अध्यक्षमा अधिवक्ता अधिवक्ता पदम रोका निर्वाचित भएका छन्।

काठमाडौंमा शनिबार सम्पन्न संघको प्रथम राष्ट्रिय सम्मेलनले अधिवक्ता रोकाको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्य समितिको चयन गरेको छ भने सात जना सल्लाहकार चयन भएका छन्।

संघको उपाध्यक्षमा अधिवक्ताहरु रामप्रसाद शर्मा, नुमानन्द आचार्य र विदुर मल्ल चयन भएका छन् भने महासचिवमा अधिवक्ता लक्ष्मणदेव पाण्डे चयन भएका छन्। सम्मेलनले सचिवमा चुडामणी भुसाल र कोषाध्यक्षमा राजेन्द्र पुडासैनीलाई निर्वाचित गरेको छ।

सदस्यहरुमा डण्डप्रसाद भट्टराई (दीपक), हेमराज शर्मा, कल्पना खनाल, कृष्ण आचार्य, टीका थापा, आकाश गिरी, चिरञ्जिवी वेल्वासे र हस्तराज रेग्मी रहेका छन्। सल्लाहकारमा काजिगाउँले श्रेष्ठ, लक्ष्मी बास्कोटा, लालबहादुर जाग्री, प्राध्यापक डा. श्रीधर गौतम, घनश्याम न्यौपाने, खेमनाथ कोइराला र हिरालाल धामी चयन भएका छन्।

सम्मेलनको उद्घाटन शुक्रबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .