ad ad

राजनीति


अध्यक्ष तिमिल्सिनालाई कोरियाका राजदूतको प्रश्न : कोरिया नेपालको प्राथमिकतामा नपरेको हो?

अध्यक्ष तिमिल्सिनालाई कोरियाका राजदूतको प्रश्न : कोरिया नेपालको प्राथमिकतामा नपरेको हो?

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ९:९,

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ। यस्तै कोभिडको विषम् परिस्थितिमा कोरियामा रहेका नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि कोरिया सरकारले गरेका क्रियाकलापको विषयमा समेत कुराकानी भएको छ। भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सरकारको विकास सहयोग प्रदान गर्ने प्राथमिकता साझेदार राष्ट्रको सूचीमा नेपाल समेत परेको भन्दै कृतज्ञता व्यक्त गरे।

नेपालको सामाजिक आर्थिक विकासको क्षेत्रमा दक्षिण कोरियाले निरन्तर सहयोग गरेको र आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे। नेपालको ईपीएस प्रणालीमा सहभागिताले नेपाली युवाहरुको बलियो अर्थोपार्जनको सुनिश्चितता गर्दै दुवै देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको महसुस भएको पनि अध्यक्ष तिमिल्सिनाले बताए।

भेटवार्तामा राजदूत योङसिकले भने नेपालले लामो समय कोरियाका लागि राजदूत नियुक्त नगर्दा कतै नेपालको प्राथमिकतामा कोरिया नपरेको हो कि भन्दै चासो व्यक्त गरे।

अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सधँै नेपालको प्राथमिकतामा रहेको बताए। राजदूत नियुक्तिमा भएको ढिलाईप्रति सरकार सचेत रहेको भन्दै छिट्टै राजदूत नियुक्ति प्रक्रिया अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .