पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोरोना संक्रमितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ट भएको बताएका छन्।
बुधबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै भट्टराईले सरकारको यो कार्यले महामारी झन् विकराल बन्ने बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले जनताको ज्यान जोगाउन भ्रष्टाचार र फजुल खर्च रोक्नुपर्ने बताए।
उनले अस्पतालमा धनीले आर्थिक सहायता दिन चाहे दानपात्र राख्न आग्रह गर्दै उपचार भने सबैको निःशुल्क गर्नुपर्ने बताएका छन्।
‘कोरोना पीडितलाई निःशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो। यसले महामारी झन् विकराल बन्नेछ’, सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष भट्टराईले लेखेका छन्, ‘यो पैसाको अभावले हैन, जनताको ज्यान जोगाउन अरू सबै खर्च रोके हुन्छ, भ्रष्टाचार र फजुल खर्च रोके पुग्छ। अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं, तर सबैलाई निशुल्क गरौं।’
कोरोनापीडितलाई निशुल्क उपचारको दायित्वबाट भाग्नु सरकारको गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो।यसले महामारी झन् विकराल बन्नेछ!यो पैसाको अभावले हैन;जनताको ज्यान जोगाउन अरू सबै खर्च रोकेहुन्छ;भ्रष्टाचार/फजुलखर्च रोके पुग्छ।अस्पतालमा धनीले दिनचाहे दानपात्र राखौं;तर सबैलाई निशुल्क गरौं!
— Baburam Bhattarai (@brb1954) October 21, 2020सरकारले आइतबारदेखि कोरोना संक्रमित सबैको उपचार गर्न नसक्ने र उपचार गर्नुपर्नेको सबै खर्च नागरिक आफैले गर्नुपर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया