साहित्यकार खगेन्द्र संग्रौलाले नागरिकको जीवनप्रति असंवेदनशील सरकारविरुद्ध कर बहिष्कार गर्नुपर्ने बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत सरकारलाई ‘जीवन-भक्षी’को संज्ञा दिँदै लेखक संग्रौलाले तैपनि हामी नागरिकले कर बहिष्कार गर्न नसकेको बताएका हुन्।
‘आइसोलेसन बेड सोल्टीमा मात्र, आईसीयू बेड सत्ताबली र धनबलीलाई मात्र, भुइँमान्छको हकमा घरैमा आइसोलेसन, आफ्नै पैसाले उपचार, आफैं शव व्यवस्थापन,’ फेसबुकमा उनले लेखेका छन्, ‘कम्निस्ट नामधारी सरकार नग्न भेषमा जीवन-भक्षकको औतारमा उत्रियो। तैपनि जीवन-भक्षी सरकारलाई कर बहिष्कार गर्न नसक्ने हामी हुतिहारा!’
अाइसाेलेसन बेड साेल्टीमा मात्र अाइसीयू बेड सत्ताबली र धनबलीलाई मात्र भुइँमान्छकाे हकमा घरैमा अाइसाेलेसन, अाफ्नै पैसाले...
Posted by Khagendra Sangroula on Monday, October 19, 2020
3
Shares
प्रतिक्रिया