ad ad

राजनीति


नव नियुक्त मन्त्रीको सपथ ११ बजे

नव नियुक्त मन्त्रीको सपथ ११ बजे

नेपालखबर
असोज २९, २०७७ बिहिबार ४:३४,

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आज हुँदै छ। बुधबार नियुक्त मन्त्रीहरुको सपथ बिहीबार बिहान ११ बजेको लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल आंशिक हेरफेर गरेका हुन्। खाली रहेका तीन मन्त्रालयका नेतृत्व परिपूर्ति गर्नुका साथै ओलीले केही मन्त्रीको जिम्मेवारीसमेत फेरबदल गरेका छन्।

नवनियुक्त मन्त्रीहरूलाई बिहीबार शपथ ग्रहण गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शपथका लागि बिहान साढे ११ बजेको समय तय भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले अहिलेसम्म रक्षामन्त्री रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मा दिएर रक्षा मन्त्रालय आफैसँग राखेका छन्।

त्यसैगरी नेकपा नेता कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएका छन्।

यसअघि महिला मन्त्रालयको नेतृत्व गरेका पार्वत गुरुंगलाई सञ्चार मन्त्री बनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .