ad ad

कारोबार


टेलिकमले ल्यायो छठसम्मका लागि यस्ता अफरै अफर!

टेलिकमले ल्यायो छठसम्मका लागि यस्ता अफरै अफर!

नेपालखबर
असोज २९, २०७७ बिहिबार ४:२८,

नेपाल टेलिकमले चाडपर्वका उपलक्ष्यमा मोबाइल सेवामा विभिन्न अफर ल्याएको छ।

टेलिकमका अनुसार समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराइएको छ।

यस्तै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मका लागि ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्मका लागि ‘तिहार अफर’ ल्याइएको टेलिकमले जनाएको छ।

अटम अफरमा नयाँ प्याकेजका रूपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ। तीन दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँमा युट्युब र फेसबुक अनलिमिटेड प्याकेज उपलब्ध हुनेछन्।

यी अफर खरिद गरेपश्चात् १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एडअन प्याक पनि खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

यसअघि ४० रुपैयाँमा ३ दिनका लागि ५५ मिनेटको भ्वाइस प्याक दिने गरिएकामा अब यही दरमा ७० मिनेट कल गर्न सकिने प्याकेज उपलब्ध गराइनेछ। त्यसैगरी १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुनेछ ।

अलटाइम भ्वाइस प्याकअन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि भ्वाइस प्याक यथावत् रूपमा उपलब्ध हुनेछन्। राति १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि जारी रहने टेलिकमले जनाएको छ।

यसअघि ‘वान डे डाटा प्याक’अन्तर्गत १५ रुपैयाँमा जुनसुकै समय चलाउन पाइने ६० एमबी प्याक दिने गरिएका ठाउँमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ। त्यसैगरी ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ४०० एमबी पाइने ठाउँमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ।

वान डे डाटा प्याकअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने गरी १० रुपैयाँमा ८० एमबी डाटा दिने गरिएकामा अब १२० एमबी र १८ रुपैयाँमा २५० एमबी डाटा उपलब्ध हुने गरेकामा अब यो प्याकेज १५ रुपैयाँमै उपलब्ध टेलिकमले जनाएको छ।

यस्तै फेस्टिभल अफरअन्तर्गत दसैं/तिहार र छठ पर्वलाई समेत समेटी जीएसएम/सीडीएमए मोबाइल रिचार्जमा अतिरिक्त मिनेट बोनसका उपलब्ध गराइनेछ। यसमा रिचार्ज कार्डबाट ५० रिचार्ज वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ।

रिचार्ज कार्डबाट १०० वा एमपोसबाट ५१ देखि १०० रुपैयाँसम्मको रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ।

रिचार्ज कार्डबाट २०० वा एमपोसबाट १०१ देखि २०० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ। एमपोसबाट २०१ देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ।

यसैगरी रिचार्ज कार्डबाट ५०० वा एमपोसबाट ५०० देखि ९९९ रुपैयाँसम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ। यस्तै रिचार्ज कार्डबाट १००० वा एमपोसबाट १००० हजार वा यसभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुने नेपाल टेलिकमले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .