ad ad

राजनीति


ओली–प्रचण्ड छलफल सकियो, मन्त्रिमण्डल पुनर्गठनका विषयमा जुटेन सहमति

ओली–प्रचण्ड छलफल सकियो, मन्त्रिमण्डल पुनर्गठनका विषयमा जुटेन सहमति

नेपालखबर
असोज ११, २०७७ आइतबार ६:४५,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ।

आइतबार मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका प्रधानमन्त्री ओलीले त्यसअघि अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल मन्त्रिमण्डल पुनर्गठनका विषयमा केन्द्रित रहेको भए पनि कुनै ठोस सहमति नभएको बताइएको छ।

अध्यक्ष प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले आजको छलफलमा कुनै सहमति भएको जानकारी दिए।

‘मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकता लगायतका विषयमा छलफल भए पनि कुनै पनि विषयमा सहमति भएको छैन’, सापकोटाले नेपालखबरसँग भने, ‘छलफललाई निरन्तरता दिने भन्ने भएको छ।’

दुई अध्यक्षबीच सहमति नभएपछि मन्त्रिपरिषद पुनर्गठनको आजै नहुने भएको छ। प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद पुनर्गठन गर्ने विषयमा कुनै जानकारी नगराएको अध्यक्ष प्रचण्डले जानकारी दिएको सापकोटाले बताए।र

 यसअघि बिहीबार, शुक्रबार र शनिबार गरी तीन दिन मन्त्रिमण्डल पुनर्गठनका विषयमा लगातार छलफल भए पनि कुन मोडेलमा गर्ने भन्ने विषयमा सहमति जुटेको थिएन। सोही विषयमा आज थप छलफल भए पनि आज पनि सहमति नजुटेको हो।

अध्यक्ष प्रचण्डले पार्टीले निर्णय गरेर मात्रै मन्त्रीको नाम तय गर्नुपर्ने सुझाब प्रधानमन्त्री ओलीलाई दिए पनि उनी त्यसमा सहमत नभएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .