ad ad

राजनीति


हुम्लास्थित नेपाल–चीन सीमाबारे चार वर्षपहिले स्थलगत टोलीले दिएको थियो यस्ता निस्कर्ष र सुझाव

हुम्लास्थित नेपाल–चीन सीमाबारे चार वर्षपहिले स्थलगत टोलीले दिएको थियो यस्ता निस्कर्ष र सुझाव

उजिर कार्की
असोज ९, २०७७ शुक्रबार १७:२२,

हुम्लामा चीनले नेपाली भूमि मिचेको भन्ने केही दिनदेखि चर्चा भइरहेको छ।

स्थानीयले चीनले भूमि मिचेर भवन बनाएको गुनासो गरेपछि सरकारले अनुगमनमा टोली नै पठाएको थियो। अनुगमन टोली फर्किसकेको छ। तर प्रतिवेदन बुझाइसकेको छैन।

टोलि नफर्किंदै परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासले चीनले सीमा नमिचेको बताइसकेका छन्।

यस क्षेत्रमा चीनले नेपाली भूमि मिचेर भवन बनाएको हल्ला पहिलो पटक भने चलेको होइन। पाँच वर्षपहिले पनि यस्तै गुनासो आएपछि सरकारले स्थलगत अध्ययनका लागि टोली खटाएको थियो।

Humla border pillar 1२०७३ सालमा स्थलगत अध्ययनमा गएको टोली

जिल्ला प्रशासन कार्यालय हुम्लाले २०७२ साल असोज २२ गते हुम्ला जिल्लाको तत्कालीन लिमी गाविसको लुलुङ्गस्थित नेपाल–चीन सीमा निरीक्षण गर्दा नेपाली भूमि मिचेर चीनले भवन बनाएको स्थानीयले जानकारी गराएको भन्दै प्रतिवेदन बुझाएको थियो।

जिल्ला प्रशासन कार्यालयको प्रतिवेदनपछि २०७३ असार २७ गते परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र प्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले स्थलगत निरीक्षणमा टोली पठाउने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार गृह, परराष्ट्र, नापी विभाग र स्थानीय प्रशासनको संयुक्त टोलीले स्थलगत निरीक्षण गरेको थियो।

निरीक्षणमा गएको टोलीले नेपाल–चीन सीमा क्षेत्रका विभिन्न नक्सा, डाटाहरुको प्रयोग गरी अध्ययन गरेकाे प्रतिवेदनमा उल्लेख छ।

यस्तै टोलीले चीनले निर्माण गरेको भनेको भवनको ह्याण्ड जीपीएसको पनि प्रयोग गरेको थियो। टोलीले नेपाल चीन क्षेत्रमा रहेका सीमा स्तम्भ नम्बर ८ (१) देखि १० सम्म निरीक्षण गरेको थियो।

स्थलगत निरीक्षणका क्रममा नेपाली भूमिमा चिनियाँ पक्षले निर्माण गरेको भनिएको भवनको अवस्थिति नेपाल–चीन सीमारेखाबाट करिव एक किलो मिटर चीनतर्फ रहेको देखिएको बताएको थियो।

‘नेपाली भूमि भनिएको उक्त क्षेत्र सीमा स्तम्भ नं. १२ रहेको लाप्चे भञ्ज्याङ र उक्त सीमा स्तम्भको उत्तर पश्चिमतर्फ रहेको लोलुङ भञ्ज्याङको पश्चिमतर्फ रहेको देखिन्छ’, टोलीको प्रतिवेदनमा उल्लेख छ।

Nepal China border humla 1

यस्तै उक्त टोलीले तीन बुँदे निस्कर्ष तथा सुझाव दिएको थियो।

टोलीले चिनियाँ पक्षले निर्माण गरेको भवन सीमारेखाबाट करिव एक किलोमिटर चीनतर्फ नै रहेको निस्कर्ष निकाल्दै केही सुझाव समेत दिएको थियो।

टोलीले हिल्सा क्षेत्रमा सीमा स्तम्भ नम्बर ८ (१) देखि ९ (२) सम्म चिनियाँ पक्षले आफ्नो भूभागतर्फ कर्णाली नदीको किनारमा नदीको वहावबाट क्षती न्यूनीकरण गर्न पर्खाल लगाएको देखिएको टोलीले जनाएको थियो।

यसका कारण नदीको पानीको वहाव बढेको खण्डमा नेपालतर्फ कटान हुन सक्ने टाेलीले औंल्याएको छ।

नेपालतर्फ पनि पर्खाल निर्माण गर्न आवश्यक देखिएको टोलीको सुझाव थियो। यस्तै नेपाल चीन सीमा स्तम्भको नियमित अनुगमन गर्न पनि टोलीले सुझाव दिएको छ।

याे पनि: 
सीमा क्षेत्रमा निर्मित भवन चिनियाँ भूभागमै बनेकाे हाे: परराष्ट्रमन्त्री ज्ञवाली (भिडियाे)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .