ad ad

राजनीति


निजामती सेवा दिवस : यस वर्ष पनि सरकारले भेटेन सर्वोत‍्कृष्ट कर्मचारी

निजामती सेवा दिवस : यस वर्ष पनि सरकारले भेटेन सर्वोत‍्कृष्ट कर्मचारी

नेपालखबर
भदौ २२, २०७७ सोमबार २:३९,

आज निजामती सेवा दिवस। नेपालमा प्रत्येक वर्ष २२ भदौमा निजामती सेवा दिवस मनाइन्छ।

देशभर ८९ हजार कर्मचारी निजामती सेवामा छन्। तर, यस वर्ष पनि दिवसका अवसरमा पुरस्कृत गर्न सरकारले एक जना पनि सर्वोत्कृष्ठ कर्मचारी भेटेको छैन।

सरकारले संघीय दरबन्दीमा कार्यरत झण्डै ४० हजार कर्मचारीमध्येबाट एक जनालाई सर्वोत‍्कृष्ट घोषणा गर्दै पुरस्कृत गर्दै आएको थियो। पुरस्कारको राशी दुई लाख रुपैयाँ छ। तर, सर्वोत‍्कृष्ट कर्मचारी नै नभेटिएकाले यस वर्ष पनि सो रकम कसैले नपाउने भएका हुन्।

यसले निजामती सेवामा काम गर्ने सर्वोत‍्कृष्ट कर्मचारी नै नभएका हुन् त भन्ने प्रश्न सिर्जना भएको छ।

यस वर्ष ‘स्वच्छ र सक्षम निजामती प्रशासन : समृद्धि र सुशासन’ भन्ने नारा दिवसमा तय गरिएको छ। तर, नेपालको निजामती प्रशासनमा सुशासन नभएको भन्दै सर्वत्र आलोचना हुँदै आएको छ।

निजामती सेवा ऐनमा राम्रो काम गरेका कर्मचारीमध्येबाट वर्षमा एक जनालाई सर्वोत‍्कृष्ट पुरस्कार दिने व्यवस्था छ।

कानुनी व्यवस्थाअनुसार एक जनालाई सर्वोत‍्कृष्ट पुरस्कार, १० जनालाई एक लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई ५० हजारको निजामती सेवा पुरस्कार दिने गरिन्छ।

सरकारले चार वर्षअघिदेखि नै सर्वोत‍्कृष्ट निजामती पुरस्कार कसैलाई दिएको छैन। अन्तिमपटक ०७३ मा तत्कालिन अर्थ सचिव शान्तराज सुवेदीले यो पुरस्कार पाएका थिए। त्यसयता यो पुरस्कार कसैले नपाएका हुन्।

मुख्य सचिवको अध्यक्षतामा रहेको निजामती पुरस्कार सिफारिस समितिले सर्वोत‍्कृष्ट कर्मचारी छनोट गर्ने प्रावधान छ। तर, यस वर्ष मुख्य सचिव लोकदर्शन रेग्मी अध्यक्ष रहेको समितिले सर्वोत‍्कृष्ट कर्मचारी नै छनोट गर्न सकेन।

तर, १० जना उत्कृष्ट र ३० जना निजामती सेवा पुरस्कार पाउने कर्मचारीको छनोट भने समितिले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .