सीमामा तनाव जारी रहँदा चीन र भारतका रक्षामन्त्रीबीच रुसमा वार्ता हुने भएको छ।
सांघाई कोअपरेसन अर्गनाइजेसनको बैठकमा सहभागी हुन दुवै मुलुकका रक्षामन्त्री मस्कोमा छन्।
शुक्रबार राति चिनियाँ रक्षामन्त्री जनरल वेइ फेङहे र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच वार्ता हुने भएको हो।
जुन १५ को झडपपछि जारी चीन भारत तनावबीच दुई देशबीच सशरीर हुन लागेको यो सबैभन्दा उच्चस्तरीय वार्ता हो।
यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीले र भारतीय विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग फोनमा वार्ता गरेका थिए।
आगामी साता मस्कोमै वाङ र जयशंकरबीच पनि वार्ता हुने बताइएको छ। एजेन्सी
प्रतिक्रिया