ad ad

राजनीति


नेकपा सचिवालय बैठकका एजेन्डालाई लिएर डा. भट्टराईले दिए यस्तो प्रतिक्रिया

नेकपा सचिवालय बैठकका एजेन्डालाई लिएर डा. भट्टराईले दिए यस्तो प्रतिक्रिया

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ११:२८,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकका एजेन्डालाई लिएर पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले कडा प्रतिक्रिया व्यक्त गरेका छन्।

नेकपाको आजको सचिवालय बैठकका एजेन्डा पार्टी विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय सभामा रिक्त रहेको एक सदस्य पदमा मनोनयनका लागि सिफारिश गर्ने रहेको बताइएको छ।

देशका जल्दाबल्द समस्यालाई छाडेर चुनाव हारेका व्यक्तिलाई राष्ट्रियसभामा लैजाने विषयमा बैठक केन्द्रित भएको भन्दै डा. भट्टराईले सामाजिक सञ्जालमार्फत त्यसको आलोचना गरेका छन्।

कोरोनाको महामारी, बाढी–पहिरोबाट सयौँको मृत्यु, किसानलाई मलको समस्या, जनताको भोकमरीको समस्यालाई छाडेर चुनाव हारेका व्यक्तिलाई राष्ट्रियसभामा लैजाने विषयमा केन्द्रित भएको उनको आरोप छ। उनले जनताको समस्यालाई सम्बोधन गर्न नसक्ने पार्टीको नाम कम्युनिस्ट नहुने प्रतिक्रिया दिएका छन्।

‘प्रतिदिन हजारबढी कोरोना संक्रमित र दर्जनको मृत्यु, बागलुङ, कालीकोट, सिन्धुपाल्चोकलगायत जिल्लामा बाढी–पहिरोबाट सयौंको मृत्यु, मल नपाएर किसानको हाहाकार, श्रमिकहरू भोकभोकै सडकमा, सत्ताधारी पार्टीको एजेन्डा चुनाव हारेको कुनलाई राष्ट्रियसभामा लैजाने! तर, नाम कम्निस्ट रे! जुन गोरूको सिंग छैन उसको नाम तिखे?, बिहीबार अपरान्ह सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .