ad ad

राजनीति


नेपाली एकतालाई कमजोर पार्ने दुष्प्रयासलाई सांस्कृतिक आलोकमा परास्त गरेका छौँ : प्रधानमन्त्री

नेपाली एकतालाई कमजोर पार्ने दुष्प्रयासलाई सांस्कृतिक आलोकमा परास्त गरेका छौँ : प्रधानमन्त्री

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ७:५,

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताएका छन्।

इन्द्रजात्राका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई नेपालीले यही सांस्कृतिक आलोकमा परास्त गर्दै आएको बताए।

सरकारले यस्ता सांस्कृतिक पर्वको संरक्षण र सम्बद्र्धन गर्ने नीति लिएको बताउँदै उनले सन्देशमा भनेका छन्, ‘नेपालीहरु जातीय, धार्मिक र सांस्कृतिक विविधताका बीच एकताबद्ध रहेको सन्देश प्रवाह गरेका छौंँ।’

सन्देशमा अन्तरसांस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने इन्द्रजात्रा जस्ता पर्व नेपालको सांस्कृतिक पूँजी रहेको उल्लेख गर्दै उनले सबल राष्ट्रिय एकताको यो सांस्कृतिक आधारशीला नेपालीका लागि गौरवको विषय भएको जनाएका छन्।

सन्देशमा उनले कोभिड– १९ महामारीका दुष्प्रभावलाई छिचोलेर सबल राष्ट्रिय अर्थतन्त्र, सुखी जनजीवन र समृद्ध राष्ट्र निर्माणको अभिभारा पूरा गर्न सबैलाई आह्वान गर्दै महामारीबाट सुरक्षित भई राष्ट्रको समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षालाई पूरा गर्ने सरकारको अग्रसरतामा साथ दिन सबैलाई आग्रहसमेत गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .