ad ad

राजनीति


पूर्व राष्ट्रपति मुखर्जीको निधनपछि भारतभर एकहप्ता शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

पूर्व राष्ट्रपति मुखर्जीको निधनपछि भारतभर एकहप्ता शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

नेपालखबर
भदौ १६, २०७७ मंगलबार ७:१,

भारत सरकारले सोमबारदेखि एक हप्तासम्म भारतभर शोक मनाउने बताएको छ।

भारतमा आज भारतीय राष्ट्रपति भवन, त्यहाँको संसद भवन, भारतीय प्रधानमन्त्रीको कार्यालयसहित देशभरका सरकारी कार्यालहरुमा राखिएको झण्डा आधा झुकाइएको छ।

झण्डै एक महिना अगाडि मस्तिष्कमा रगत जमेका कारण अस्वस्थ भएका भारतका पूर्वराष्ट्रपति मुखर्जीको नयाँ दिल्लीको सैनिक अस्पतालमा उपचाररत रहेको बेला सोमबार निधन भएको थियो।

सोमबारदेखि लिएर सेप्टेम्बर ६ सम्मका लागि त्यहाँ राष्ट्रिय शोकको घोषणा गरिएको छ। यो शोकको समयमा भारतभर राष्ट्रिय झण्डा झुकाउनुका साथै कुनै पनि सरकारी औपचारिक कार्यक्रमहरु नगरिने जनाइएको छ।

भारतीय गृह मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर यो शोकको घोषणा गरेको थियो। आज भारतीय टेलिभिजनहरुले सञ्चारहरुले भारतका राट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संसद भवन लगायतका कार्यालहरुमा राखिएको राष्ट्रिय झण्डा आधा झुकाइएको देखाएका छन्।

उनी केही दिनदेखि अचेत अवस्थामा थिए। कोमामा रहेका उनको सोमबार निधन भएको आर्मी अस्पतालले घोषणा गरेको थियो। उनको राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि गरिने भएको छ।

उनी भारतको १३ औँ राष्ट्रपति बनेका थिए। उनको कार्यकाल सन् उहाँ २०१२ देखि २०१७ सम्म रहेको थियो। राष्ट्रपति हुनुभन्दा पहिला उनी भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता र भारतको अर्थमन्त्री समेत थिए। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .