ad ad

राजनीति


फिलिपिन्सले भन्योः चीनले हाम्रो जहाजमाथि आक्रमण गर्‍यो भने अमेरिकालाई गुहार्छौँ

फिलिपिन्सले भन्योः चीनले हाम्रो जहाजमाथि आक्रमण गर्‍यो भने अमेरिकालाई गुहार्छौँ

नेपालखबर
भदौ १०, २०७७ बुधबार १४:६,

दक्षिण चीन सागरमा आफ्ना जहाजमाथि चीनले आक्रमण गरे अमेरिकासँग सहयोग माग्ने फिलिपिनी विदेशमन्त्री तियोदोरो लोक्सिन जुनियरले बताएका छन्।

राष्ट्रपति रोड्रिगो डुटेर्टेको सरकारले पहिलो पटक यसरी अमेरिकासँग सहयोग माग्ने घोषणा गरेको हो।

दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच विवाद छ।

‘हामी दक्षिण चीन सागरमा गस्ती गरिरहन्छौँ। उनीहरु (चीन)ले यसलाई अवैध उक्साहट भन्लान्। तर, उनीहरुले मुद्दा हारिसकेका छन्,’ एक टेलिभिजन अन्तर्वार्तामा मन्त्री लोक्सिनले भने, ‘तर, यदि फिलिपिनी नौसैनिक जहाजमाथि आक्रमण भयो भने मैले वासिङ्टन डीसीमा फोन गर्छु।’

सन् १९५१ देखि नै अमेरिका र फिलिपिन्सबीच दुईमध्ये एक देशमा कसैले आक्रमण गरे एकअर्कालाई सघाउने रक्षा सन्धि कायम छ।

राष्ट्रपति डुटेर्टेले भने चीनसँग आफूहरुले युद्ध गर्न नसक्ने बताउँदै आएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .