ad ad

राजनीति


चीनसँग विवाद बढ्दै जाँदा ताइवानले यसैवर्ष ६६ वटा अमेरिकी युद्धक विमान भित्र्याउने

चीनसँग विवाद बढ्दै जाँदा ताइवानले यसैवर्ष ६६ वटा अमेरिकी युद्धक विमान भित्र्याउने

नेपालखबर
भदौ २, २०७७ मंगलबार ६:३२,

शुक्रबार भएको सम्झौताअनुसार ताइवानले अमेरिकाबाट यसैवर्ष ६६ वटा एफ–१६ युद्धक विमान भित्र्याउने छ।

यो सम्झौता गतवर्षकै सम्झौताको प्रक्रिया भएको सीएनएनले जनाएको छ।

एफ–१६ युद्धक विमान बनाउने लकहिड मार्टिन कम्पनीलाई ९० वटा यस्ता विमानको माग भएको अमेरिकी हवाई सेनाले जनाएको छ।

यीमध्ये ६६ वटा विमान ताइवान पठाइनेछ। ताइवानले अमेरिकाबाट ६६ वटा युद्धक विमान भित्र्याउने विषयमा हालसम्म चीनको कुनै प्रतिक्रिया आएको छैन।

यद्यपी ताइवानमा अमेरिकी गतिविधि चीन रुचाउँदैन। चीनले ताइवान आफ्नो देशको हिस्सा भएको दाबी गर्दछ।

Trump administration taking a fresh look at F16 sale to India ...

यद्यपी ताइवानले आफू स्वतन्त्र मूलुक भएको बताउँछ। अमेरिकाले ताइवानलाई छुट्टै देशको दर्जा दिएको छ। चीनले भने आफूले ताइवानलाई आक्रमण गरेर कब्जा गर्नसक्ने चेतावनी दिँदै आएको छ।

पछिल्लो समय ताइवानले चीनको एक देश दुई प्रणालीलाई नपछ्याउने बताइरहँदा चीन यस टापु राष्ट्रसँग रुष्ट छ।

हाल चीन र ताइवानका सेनाहरुले सीमा क्षेत्रमा सैन्य गतिविधिहरु बढाउन थालेका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले त ताइवान छुट्याउन चाहने शक्तिबाट खतरा उत्पन्न भएकाले आफ्ना सेनालाई युद्धको लागि तयार हुन निर्देशन दिइसकेका छन्।

यसबीचमा ताइवानले आफ्नो भूमि रक्षा गर्नेभन्दै अत्याधुनिक हतियारहरु तैनाथ गर्न थालेको छ। एजेन्सी

यो पनिः ‘चिनियाँ जनमुक्ति सेनाको चरणबद्ध सैन्य अभ्यास ताइवान कब्जा गर्ने योजना’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .