ad ad

राजनीति


नेकपा सचिवालयले गर्‍याे कार्यदलकाे अनुमाेदन

नेकपा सचिवालयले गर्‍याे कार्यदलकाे अनुमाेदन

नेपालखबर
भदौ १, २०७७ सोमबार ५:४६,

सत्तारुढ नेकपाको सचिवालय बैठकले पार्टीभित्रको विवाद समाधानको लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ।

सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘बैठकले कार्यदल गठनको विषयलाई सकारात्मक रुपमा लिँदै अनुमोदन गरेको छ’, बैठकपछि श्रेष्ठले बताए।

श्रेष्ठले पार्टीमा देखिएको संकट छिटोभन्दा छिटो समाधान गर्ने, पार्टी र सरकारका कामहरु प्रभावकारी रुपमा अघि बढाउने र महाधिवेशनको तयारीमा जाने विषयमा बैठक केन्द्रित रहेको बताए।

त्यसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनलाई परिमार्जनसहित सचिवालय वा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने उनले बताए।

याे पनि: 
एक महिनापछि बालुवाटारमा जुटे नेकपा सचिवालयका नेता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .