ad ad

कारोबार


सरकारले घाेषणा गरेकाे १ खर्ब पुनर्कर्जाको आवेदन खुल्यो, के–के बुझाउनुपर्छ विवरण?

सरकारले घाेषणा गरेकाे १ खर्ब पुनर्कर्जाको आवेदन खुल्यो, के–के बुझाउनुपर्छ विवरण?

नेपालखबर
भदौ १, २०७७ सोमबार ६:१०,

नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि आवेदन खुल्ला गरेको छ। बैंकहरुले पाउने पुनर्कर्जाको लागि नेपाल राष्ट्र बैंकले आजदेखि असोज १४ गतेसम्म आवेदन खुल्ला गरेको हो।

नेपाल राष्ट्र बैंकसँग पुनर्कर्जा लिएर बैंकहरुले व्यवसायीहरुलाई उक्त कर्जा प्रदान गर्नेछन्।

नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधिअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका आवेदन खुल्ला गरेको हो।

सरकारले कोरोनाबाट प्रभावित कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, होटल, पर्यटनलगायतका उद्योग व्यवसायलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले १ खर्बसम्मको पुनर्कर्जा सुविधा उपलब्ध गराउने चालू वर्षकाे बजेट भाषणका क्रममा घाेषणा गरेकाे थियाे।

आवेदन दर्ता गर्दा संलग्न गर्नुपर्ने कागजात : 
(क) नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७ अनुसूची १ बमोजिमको ढाँचाको आवेदन ।
(ख) इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय ।
(ग) शाखा कार्यालयहरुको ठेगाना तथा संचालन भएको मिति सहितको सूची ।

आवेदनको लागि पालना हुनुपर्ने अन्य शर्तहरुः
(क) संस्थाले माग गर्ने कुल पुनर्कर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २५ प्रतिशतसम्म हुनुपर्ने ।
(ख) आवेदनको लागि छनौट गरिएका कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्ने ।
(ग) एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक/वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने ।
(घ) पुनर्कर्जाको लागि आवेदन गरिएको कुल रकममध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नु पर्ने ।
(ङ) आवेदनको लागि कर्जा छनौट गर्दा प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको हुनुपर्ने ।
(च) आवेदन पेश गर्ने संस्थाको पुँजीकोष अनुपात यस बैंकले तोकेबमोजिम पुगेको हुनुपर्ने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .