ad ad

राजनीति


नेपाल-भारत सचिवस्तरीय बैठक बस्दै

नेपाल-भारत सचिवस्तरीय बैठक बस्दै

नेपालखबर
भदौ १, २०७७ सोमबार ४:३३,

नेपालमा सञ्चालित भारतीय परियोजनाहरुको कार्यान्वयनको विषयमा अनुगमन गर्न बनाइएको नेपाल-भारतको सचिव स्तरीय संयन्त्रको बैठक आज बस्दैछ।

सीमाको विषयमा नेपालभारतबीच तनाव बढेपछि दुवै देशबीच पहिलो पटक उच्च स्तरीय बैठक बस्न लागेको हो।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्ने छन् भने भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गर्ने कार्यक्रम छ। महामारीको कारण बैठक भर्चुअल्ली हुन लागेको परराष्ट्रका एक अधिकारीले जानकारी दिए।

सन् २०१६ मा स्थापना भएको यो संयन्त्रको गत जुलाईमा सातौं बैठक भएको थियो। त्यस बैठकमा सीमापार रेल सम्पर्क, पेट्रोलियम पाइपलाइन, हुलाकी सडक, पुल, एकीकृत सीमा जाँच चौकी, उर्जा, सिचाई र भूकम्प पुनर्निर्माणको विषयमा छलफल भएको थियो।

भारतीय सहयोगमा सञ्चालन हुने परियोजना कार्यान्वयन समयमा नहुने समस्यालाई समाधान गर्ने उद्देश्यले संयन्त्र गठन गरिएको हो। आजको बैठकले सीमा विवादपछि दुई देशबीच देखिएको गतिरोध अन्त्य गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .