सत्तारुढ नेकपा सचिवालयको बैठक बालुवाटारमा सोमबार बिहान १० बजे सुरु भएको छ।
नेकपाभित्र बढेको तनाव मत्थर हुँदै जाँदा साउन ४ गते पछि यो बैठक बसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारबाट जनाए अनुसार सोमबार बिहान १० बजे बैठक सुरु भएको हो।
बैढकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नौ जना सबै नेता सहभागी भएका छन्।
दुई दिनअघि अध्यक्षद्वय ओली र प्रचण्डले पार्टीलाई एक बनाएर लैजाने समझदारी गर्दै सहमतिको खाका तयार गर्न महासचिव विष्णु पौडेल संयोजक रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए।
अहिले बैठकमा सहमतिको प्रस्ताव र कार्यदलमाथि नै छलफल भइरहेको बुझिएको छ।
प्रतिक्रिया